आईएमई पे मार्फत शुल्क तिर्दा एजुकेशन पार्कका विद्यार्थीले छुट पाउने



काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ र एजुकेशन पार्कबीच आइईएलटीएस र पीटीईको तयारी कक्षामा ५०% छुट दिने सम्झौता भएको छ ।

उक्त सम्झौताअनुसार सिभिल मल, काठमाडौंको आठौं तलामा रहेको एजुकेशन पार्कमा आइईएलटीएस र पीटीईको तयारी कक्षा लिन इच्छुक विद्यार्थीले आईएमई पे मार्फत कक्षाको शुल्क भुक्तानी गर्दा सो छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

पुस ६ गतेबाट लागु भएको सो योजनाको अवधि तीन महिनाको हुने आइएमई पेले जनाएको छ । आइईएलटीएस र पीटीई कक्षामा अग्रणी एजुकेशन पार्क र आईएमई पे बीचको यो योजनाले सो कक्षा लिन चाहने विद्यार्थीहरुलाई अझ सहज हुने दुबै कम्पनीले विश्वास लिएका छन् ।

योजनाको अवधि ३ महिनाको भएता पनि पहिला कक्षा बुक गर्ने विद्यार्थीहरुले आफ्नो समय अनुसारको कक्षाको छनोट गर्न सक्नेछन् । दुबै कक्षा अनलाइनमार्फत समेत लिन सकिने व्यवस्था गरेको एजुकेशन पार्कले जनाएको छ ।


क्लिकमान्डु