सहमति पनि गर्ने, घेराबन्दी पनि गर्ने सरकारको दोहोरो चरित्र सह्य हुँदैन: विप्लव



काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्दले सरकारको दोहोरो चरित्र सह्य नहुने चेतावनी दिएका छन् ।

आफूहरुसँग सहमति पनि गर्ने र घेराबन्दी पनि कुरा सह्य नहुने उनको भनाइ छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार बिहान बसेको समाजवादी मोर्चाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै विप्लवले बैठकमा देशको परिस्थिति, समाजवादी मोर्चा, आगामी कामहरुको बारेमा छलफल भएको बताए ।

चन्दलाई अदालतबाट पक्राउ पूर्जि जारी गरिएको छ । उनले सरकारसँगको सहमति र अदालतको पक्राउ पूर्जीबारे समाजवादी मोर्चामा ध्यानाकर्षण गराइएको बताए ।

‘बैठक आजबाट सुरु भएको छ । देशको परिस्थिति, समाजवादी मोर्चा, आगामी कामहरुको बारेमा छलफल सुरु भएको छ । आज साँझ फेरि ६ बजे यही बैठक हुन्छ र निर्णय हुन्छ, यो चाहीँ चल्दैन । सहमति पनि गर्ने, घेराबन्दी पनि गर्ने जो खालका चित्रहरु देखिएका छन्, त्यो चल्दैन ।’


क्लिकमान्डु