उद्योगी शेखर गोल्छालाई मातृशोक



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छालाई मातृशोक परेको छ ।

गोल्छाकी आमा पुखराजदेवीको ८४ वर्षको उमेरमा निधन भएको हो ।

पारिवारिक स्रोतका अनुसार पिसाबसम्बन्धि समस्याका कारण एक साताअघि उपचारका लागि नर्भिक अस्पताल लगिएकी पुखराजदेवीको मंगलबार राति निधन भएको हो ।

पुखराजदेवी हुलासचन्द गोल्छाकी श्रीमती हुन् । उनका चार छोरा चन्द्रकुमार, सुरेन्द्रकुमार, शेखर र सञ्जय छन् । स्वर्गीय पुखराजदेवीको दाहसंस्कार बुधबार दिउँसो पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा गरिने पारिवारिक स्रोतले जनाएको छ ।


क्लिकमान्डु