पक्राउ पूर्जी जारी भएका विप्लवको बालुवाटारमा प्रधानमन्त्रीसँग बैठक



काठमाडौं । अदालतबाट पक्राउ पूर्जी जारी भएका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लव बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालसहितको माजवादी मोर्चाको बैठकमा सहभागी हुन विप्लव बालुवाटार पुगेका हुन् ।

बैठकमा सरकारको एक वर्षको समीक्षाका आगामी राष्ट्रिय सभा निर्वाचन र मोर्चाको गतिविधिका विषयमा बैठकमा छलफल भएको बताइएको छ ।

विप्लवले अदालतको पूर्जी र सरकारसँग भएको सहमतिका विषयमा बैठकमा ध्यानाकर्षण गराएका थिए ।

२०८० असार ४ गते नेकपा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाका शीर्ष नेताहरुले समाजवादी मोर्चा गठन गरेका थिए ।


क्लिकमान्डु