विद्युत आयोजना बाढीले बगाएपछि साधारणसभा स्थगित, समय थप्न माग



काठमाडौ । जलविद्युत आयोजना पहिरोले बगाएपछि साधारणसभा गर्न म्याद थप गर्न अपर हेवाखोला हाईड्रोपावर कम्पनीले समय माग गरेको छ ।

अपर हेवाखोला हाईड्रोपावर कम्पनीले निर्माण गरी सञ्चालमा ल्याएको अपर हेवाखदोला साना जलविद्युत आयोजनामा असार २ गते आएको बाढीले ब्यापक क्षति पुर्याएकाले साधारण सभा समयमा नै गर्न नसक्ने जनाएको छ ।

बाढीले पुर्याएको क्षति र पुनः निर्माण कार्य भइरहेको र बीमा दाबीको टुंगो नलागेको भन्दै साधारणसभा गर्ने म्याद तीन महिना थप्न माग गरेको जनाएको छ । सामान्य अवस्थामा पुस मसान्तभित्र साधारणसभा गरि सक्नुपर्ने व्यवस्था रहेको छ ।


क्लिकमान्डु