पोखरा र भैरहवाको ग्राउण्ड ह्याडलिङमा छुट



काठमाडौं । सरकारले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने वायुसेवाका लागि ग्राउण्ड ह्याडलिङमा छुट दिने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार एक वर्षे कार्यकालको कार्यप्रगति सार्वजनिक गर्दै यी दुई विमानस्थल सञ्चालन गर्न सहजीकरण गर्न खोजिएको जानकारी दिए ।

यस अघि नै सरकारले भैरहवा विमानस्थलमा उडान गर्ने वायुसेवाहरूलाई ग्राउण्ड ह्याण्डलिङमा ५० प्रतिशत छुट भने दिँदै आएको छ । अब पोखारामा हुने उडानबाट पनि छूट दिन सरकार प्रतिवद्ध रहेको दाहालले बताए ।


क्लिकमान्डु