प्रधानमन्त्रीको प्रश्न: के देशमा साँच्चै केही नभएकै हो ?



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली समाजमा अहिले हीनताबोध र नकारात्मकताको डढेलो लगाइएको बताएका छन् ।

सरकारको नेतृत्व गरेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सकिँदैन, हुँदैन भन्ने नकारात्मकताले समाजको सिर्जनात्मकता मरेको बताए ।

देशमा सबै नराम्रो मात्र भइरहेको भन्दै केहीले नकारात्मक वातावरण बनाउने प्रयास भइरहेको उनको भनाइ छ ।
‘यस्तो वातावरण बनाउने प्रयास भइरहेको छ कि देशमा सबै नराम्रो मात्र भइरहेको छ’ उनले प्रश्न गर्दै भने‘के देशमा साँच्चै केही नभएकै हो ? के देश पूर्ण सम्भावनाहीन बन्दै गएको हो त ?’


क्लिकमान्डु