कुलमानले काटेको बिजुलीको फर्जी बिलको पैसा तिर्न सकिँदैनः शशिकान्त अग्रवाल



काठमाडौं । उद्योगी शशिकान्त अग्रवालले नेपाल विद्युत प्राधिकरणले पठाएको फर्जी बिलको पैसा तिर्न नसक्ने बताएका छन् ।

नेपाल उद्योग परिसंघले सोमबार आयोजना गरेको डेडिकेटेड र ट्रंक लाइनसम्बन्धी शुल्क सम्बन्धी पत्रकार सम्मेलनमा उनले पैसा लिने हो भने कानुनबमोजिम बिल दिनुपर्ने बताए ।

‘फर्जी बिल होइन, सक्कली बिल लेऊ तिर्न तयार छौं,’ अग्रवालले भने । उनले बिजुली काटेर उद्योग बन्द  गरिनु औद्योगिक अशान्ति भएको बताए ।


क्लिकमान्डु