मन्त्री किराँतीको भनाईप्रति असहमति जनाउँदै संसद भवन अगाडि प्रदर्शन



काठमाडौं । पर्यटनमन्त्री सुदन किराँतीको बर्खास्त गर्नुपर्ने माग राख्दै सनातन धर्मालम्बीहरुले संसद भवन घेराउ गरेका छन् ।

केहि दिन अघि मन्त्री किराँतीले एक कार्यक्रमलाई सम्बोधन गर्दै क्रिश्चियन धर्म नमान्नेलाई जेल हाल्ने धम्की दिएका थिए । सोही भनाईप्रति असहमति जनाउँदै सनातन धर्मालम्बीहरुले सोमबार संसद भवन घेराउ गरेका हुन् ।

प्रदर्शनकारीहरुले मन्त्री किराँतीको राजिनामा माग्दै गौशालाबाट विरोध रयाली निकालेका थिए । उक्त र्याली नयाँ बानेश्वरमा विरोध कार्यक्रममा परिणत भएको थियो ।


क्लिकमान्डु