दक्ष जनशक्ति बिदेसिँदा मुलुकलाई क्षति भइरहेको छः मन्त्री साउद



काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले दक्ष जनशक्ति बिदेसिँदा मुलुकलाई क्षति भइरहेको बताएका छन् ।

उडान शैक्षिक केन्द्रले सोमबार काठमाडौंमा आयोजना गरेको विद्यार्थी प्रशिक्षण तथा अन्तर्क्रियामा मन्त्री साउदले दक्ष जनशक्ति विदेश जाँदा मुलुकलाई क्षति भइरहेको बताएका हुन् ।

‘चिकित्सक, इन्जिनियर, प्राध्यापक, अर्थशास्त्रीजस्ता धेरै पढेलेखेका मानिस बिदेसिइरहेका छन्,’ उनले भने, ‘यसले देशको आर्थिक अवस्थामा समेत असर परेको छ, क्षमतावान व्यक्ति बाहिरिँदा देशको आर्थिक अवस्था सुदृढ हुन सकेन ।’

देशको कुल जनसंख्यामध्ये युवाको जनसंख्या धेरै रहेको उल्लेख गर्दै उनले देशको विकास र आर्थिक समृद्धि गर्ने उपयुक्त समय यही भएको बताए । मन्त्री साउदले काम गर्ने जनसंख्या कम हुँदै जाँदा देशको आर्थिक विकास गर्न नसकिने तर्क गरे ।

मन्त्री साउदले राज्य व्यवस्था र कर्मचारीतन्त्रभित्र नयाँ पुस्ताको प्रवेश जरुरी रहेको बताए । उनले राज्यका सबै क्षेत्रमा दक्ष जनशक्ति उपलब्ध हुनुपर्नेमा जोड दिए ।


क्लिकमान्डु