एनसेल किन्ने व्यापारी चिनेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति ओलीको आपत्ति



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले एनसेल खरिद गर्ने व्यापारीलाई आफूले पनि चिनेको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रधानमन्त्री दाहालले संसदको राज्यको व्यवस्था तथा सुशासन समितिको बैठकमा एनसेल खरिद गर्ने व्यापारीलाई ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले पनि चिनेको बताएका थिए ।

तर,आइतवार पार्टीको हालै सम्पन्न झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि संकल्प यात्राबारे सञ्चारकर्मीसँग संवाद कार्यक्रममा ओलीले राज्यको खर्बौं सम्पत्ति नोक्शान हुने खालको बेथिति गर्नु र सो व्यापारी चिन्नु एउटै कुरा हो ? भनि प्रधानमन्त्री दाहाललाई प्रश्न गरे ।

सो सम्बन्धमा सरकारले लोकलाजको समेत ख्याल नगरेको ओलीको जिकिर थियो । उनले व्यक्तिको फाइदाका लागि राज्यको सम्पत्ति डुबाउने कुरा तत्काल रोकिनुपर्ने बताए ।

‘केपी ओलीले नेपालका व्यापारी किन चिन्दैन ? चिन्छ नि त । अनि व्यापारी चिन्नु र बेथिति गर्नु एउटै कुरा हो ? त्यसकारण यस्ता खालको असान्दर्भिक कुराहरु गरेर ध्यान अर्कातिर मोडेर पाइन्न’ उनले भने ।


क्लिकमान्डु