दुई दिनमा प्रभासको फिल्म सलारले कमायो ४ सय करोडभन्दा धेरै



एजेन्सी । दक्षिण भारतीय सुपरस्टार अभिनेता प्रभासको पछिल्लो फिल्म सलारले रिलिज भएको दुई दिनमा नै चार सय करोड रुपैयाँभन्दा धेरैको व्यापार गरेको छ ।

भारतीय सञ्चारमाध्यमकाअनुसार शुक्रबार रिलिज भएको सलारले शनिबारसम्मको कलेक्सन चार सय ७२ करोड नेपाली रुपैयाँ (२९५.७ करोड भारतीय रुपैयाँ)को गरेको हो ।

शुक्रबार रिलिज भएको फिल्मले पहिलो दिन भारतीय बक्स अफिसमा ९० करोड ७० लाख भारतीय रुपैयाँको व्यापार गरेको थियो भने दोस्रो दिन ५६ करोड ३५ लाख भारतीय रुपैयाँको कलेक्सन गरेको थियो ।

दुई दिनमा भारतीय बक्स अफिसमा १४७ करोड ५ लाख भारतीय रुपैयाँको कलेक्सन गरेको सलारले विश्व बजारमा भने पहिलो दिनमा नै १७८.७ करोड भारतीय रुपैयाँको व्यापार गरेको छ । त्यस्तै, दोस्रो दिनमा फिल्मले ११७ करोड रुपैयाँको कलेक्सन गरेको छ ।

दुई दिनमा नै फिल्मले भारतीय बजार र विश्व बक्स अफिसमा गरेर २सय ९५ करोड ७० लाख भारतीय रुपैयााको व्यापार गरेको हो ।

यता सलारभन्दा एक दिनअघि प्रदर्शनमा आएको बलिउडका बादशाह शाहरुख खानको फिल्म डंकीले पनि पहिलो दुई दिनमा १०३ करोड भारतीय रुपैयाँको व्यापार गरेको छ ।


क्लिकमान्डु