नेपाल टेलिकमको बम्पर लाभांश घोषणा



काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले लाभांश घोषणा गरेको छ ।

बिहीबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ४० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव कम्पनीले अर्थमन्त्रालयमा पठाउने छ । अर्थ मन्त्रालयले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु