गहुँको समर्थन मूल्य प्रतिक्वीन्टल ३ हजार ६ सय ५० रुपैयाँ तोकियो



काठमाडौं । सरकारले चालु आर्थिक वर्षका लागि गहुँको न्यूनतम समर्थन मूल्य तोकेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत वर्षको तुलनामा करिब ३ सय रुपैयाँ बढाएर सरकारले ३ हजार ६ सय ५० रुपैयाँ १४ पैसा प्रतिक्विन्टल गहुँको न्यूनतम सर्मथन मूल्य तोकेको हो ।

गत वर्ष ३ हजार ३ सय ५० रुपैयाँदेखि ३ हजार ३ सय ५१ रुपैयाँ न्यूनतम समर्थन मूल्य तोकिएको थियो ।

यो वर्ष गहुँको प्रतिक्विटल उत्पादन २ हजार ९ सय ७७ रुपैयाँ ७२ पैसा, उत्पादन लागत प्रतिक्विटल ५ सय ९४ रुपैयाँ ५४ पैसा र प्रतिक्विटल ढुवानी लागत ७६ रुपैयाँ ८८ पैसा गरी ३ हजार ६ सय ५० रुपैयाँ १४ पैसा प्रतिक्विन्टल मूल्य निर्धारण गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।


क्लिकमान्डु