नाडाको अध्यक्षमा चौधरी सर्वसम्मत, गोल्छा वरिष्ठ उपाध्यक्ष



काठमाडौं । अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा सीजी होल्डिङ्सका करण चौधरी सर्वसम्मत भएका छन्  ।

नाडाका अध्यक्ष ध्रुव थापासहितको पूर्वअध्यक्षहरुले अध्यक्षमा सर्वसहमति खोज्ने प्रयासस्वरुप नाडाले आगामी २ वर्षे कार्यकालका लागि अध्यक्ष सर्वसम्मत गरेको हो ।

नाडामा आगामी कार्यकालदेखि वरिष्ठ उपाध्यक्षसमेत रहने भएका छन । बरिष्ठ उपाध्यक्ष जीओ अटोमोबाइल्सका आकाश गोल्छालाई दिने सहमति भएको छ ।

यस्तो सहमतिपछि अब आगामी पुस २० र २१ गते हुने नाडाको ४७ औं वार्षिक साधारणसभाबाट नयाँ कार्यसमिति घोषणा हुने भएको छ । २ वर्षे नयाँ कार्यसमिति चयनपछि चौधरीले अध्यक्षको जिम्मेवारी पाउने छन ।

गोल्छा भने अहिले वरिष्ठ उपाध्यक्ष बस्ने र अर्को कार्यकालमा अध्यक्ष हुने गरी सहमति भएको नाडा स्रोतले जानकारी दिएको छ ।


क्लिकमान्डु