फेसबुकबाट ५३ करोड चोरेको आरोपमा पूर्व कर्मचारी दोषी



एजेन्सी । सामाजिक सञ्जालको माध्यम फेसबुकबाट ५३ करोड ४० लाख रुपैयाँ (४ मिलियन अमेरिकी डलर) चोरेको आरोपमा पूर्व कर्मचारी दोषी ठहर भएकी छिन् ।

फेसबुककी पूर्व कर्मचारी बारबरा फुरलो स्माईल्सलाई ५३ करोड ४० लाख रुपैयाँ चोरीमा दोषी पाईएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सिएनएनले जनाएको छ ।

बारबरा फेसबुकको स्रोत समूह तथा विविधतासम्बन्धित शाखामा प्रमुखका रुपमा कार्यरत थिइन् । प्रमुख रणनीतिज्ञका रुपमा रहेकी उनले तत्कालिन फेसबुक इन्कमा सन् २०१७ को जनवरीबाट सन् २०२१ को सेप्टेम्बरसम्म काम गरेकी थिइन् । अमेरिकी अदालतले उनलाई दोषी ठहर गरेको हो ।

आफ्नो पदको दुरुपयोग गर्दै लाखौं रुपैया उनले चोरी गरेको अदालतले जनाएको छ ।

उनले फेसबुकबाट चोरी गरेको पैसाले अमेरिकाको क्यालिफोर्निया र जर्जियामा महंगो जीवनशैली विताएकी थिइन् । उनले नक्कली बिलबिजक बनाएर त्यसबाट कम्पनीको पैसा चोरी गरेको बताइएको छ ।


क्लिकमान्डु