पेट्रोलियम पदार्थको मूल्य घट्यो



काठमाडौं। नेपाल आयल निगमले पेट्रोल र डिजेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य घटाएको छ। यो नयाँ मूल्य शनिबार बिहान १२ बजे देखि लागू हुनेछ।

नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ अनि डिजेल र मट्टितेलको मूल्य १५७ रुपैयाँ कायम भएको छ। खाना पकाउने ग्यासको मूल्य भने समायोजन भएको छैन ।


क्लिकमान्डु