स्टयान्डर्ड चार्टर्ड बैंकले घटायो ब्याजदर



काठमाडौं । स्टयान्डर्ड चार्टर्ड बैंकले ब्याजदर घटाएको छ । बैंकले पुस १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो ।

बैंकले पुसमा मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ८.५६ प्रतिशतसम्म ब्याज दिने भएको छ । मुद्दति निक्षेपको न्यूनतम ब्याज ५ प्रतिशत रहेको छ । बैंकले हाल ८.९७ प्रतिशतसम्म ब्याज दिँदै आएको छ ।

बैंकले संस्थागत निक्षेपमा ४.७५ प्रतिशत ब्याज दिने जनाएको छ । बैंकको पछिल्लो आधारदर ७.८४ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा अधिकतम १२.८४ प्रतिशत ब्याज तिर्नुपर्ने छ ।


क्लिकमान्डु