हिमालयन रि को आईपीओमा दोस्रो दिनसम्ममा १ करोड ३२ लाख कित्ताका लागि आवेदन



काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको साधारण सेयर (आईपीओ)मा दोस्रो दिनसम्ममा १ करोड ३२ लाख ५१ हजार ५१० कित्ताका लागि आवेदन परेको छ ।

कम्पनीको आईपीओमा पहिलो दिन ६० लाख ३० हजार ७८० कित्ताका लागि आवेदन परेकोमा दिन दिन थप ७२ लाख २० हजार ७३० कित्ताका लागि आवदेन परेको हो ।

कम्पनीले बुधबारदेखि सर्वसाधारणका लागि २ करोड ४९ लाख कित्ता सेयर निष्कासन गरेको छ । दुई दिनमा ७ लाख ३३ हजार ६६ जनाले २ अर्ब ७२ करोड ९८ लाख ११ हजार ६० रुपैयाँको आवेदन दिएका छन् ।

कम्पनीले अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँका दरले सेयर निष्कासन गरेको छ । आईपीओमा पुस १ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा पुस ११ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

आवेदनकर्ताले सी-आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत कम्पनीको आईपीओमा आवेदन दिन सकिने छन् । यसको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।


क्लिकमान्डु