सेयर बजारमा सामान्य सूधार, ४ कम्पनीको कारोबारमा सकारात्मक सर्किट



काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । केही दिन यता उकालो लागेको बजारले बिहीबार पनि निरन्तरता पाएको छ ।

बजार मापन गर्ने सूचक ६.५५ अंकले बढेर परिसूचक १९९४.६० बिन्दुमा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.०६ अंकले बढेर ३७६.३६ बिन्दुमा पुगेको छ ।

३०० कम्पनीको ९६ लाख ३७ हजार ४५५ कित्ता सेयर ३ अर्ब १५ करोड १६ लाख ३५ हजार ७५० रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा अधिकांश समूहको उपसूचकमा हरियाली छाएको छ । १३ उपसूचकमा ५ वटा समूहको उपसूचकमा गिरावट आएको छ भने बाँकीमा हरियाली छाएको छ ।

कारोबारमा बोटलर्स नेपाल बालाजु, हिमालयन लघुवित्त, नेपाल हाईड्रो डेभलोपर र नेपाल रिपब्लिक मिडियाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा सोनापुर मिनरल्स एण्ड आयल अग्रस्थानमा रहेको छ ।

कम्पनीको १६ करोड ४ लाख ७८ हजार ४३१ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र हाथवे इन्भेष्टमेन्ट नेपाल रहेको छ । कारोबारमा १४१ कम्पनीको सेयर मूल्य बढेको छ भने ९१ कम्पनीको घटेको छ ।


क्लिकमान्डु