ग्लोबल आइएमई बैंकका सीईओको एक वर्षको तलब सुविधा २ करोड २० लाख, कति तिरे कर ?



काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई तलब, भत्ता तथा अन्य सेवा सुविधाबापत २ करोड २० लाख ५६ हजार ४२६ रुपैयाँ भुक्तानी गरेको छ ।

बैंकले सीईओ रत्नराज बज्रचार्यलाई तलबबापत ७५ लाख ९६ हजार, भत्ताबापत ५० लाख ४० हजार, सञ्चय कोषबापत ७५ लाख ९६ हजार, बिदाबापत १० लाख ५३ हजार र दसैं भत्ताबापत १० लाख ५३ हजार रुपैयाँ भुक्तानी गरेको हो ।

यस्तै उनले कार्यसम्पादनमा आधारित सुविधाबापत थप ६५ लाख ५३ हजार रुपैयाँभन्दा बढी बुझेका छन् । उनले बोनसबापत ६० लाख ५० हजार ५५, टेलिफोन र मोबाइल खर्च ३७ हजार ९३६, सवारी साधन मर्मत ३ लाख ६३ हजार १२० र इन्धनबापत १ लाख ३ हजार ७१५ रुपैयाँ बुझेका हुन् । सीईओ बज्राचार्यले आफूले पाएको तलब सुविधाबापत सरकारलाई करिब ३९ प्रतिशत कर तिरेका छन् ।

बैंकले सहायक प्रबन्धक तहसम्मका पदाधिकारीलाई तलब, भत्ता, सञ्चय कोषसमेत गरी ३६ करोड ६ लाख ८६ हजार ८७६ रुपैयाँ (बोनसबाहेक) भुक्तानी गरेको जनाएको छ । बैंकले गत आवको नाफबाट ८ प्रतिशत नगद र १ प्रतिशत बोनस सेयर सेयरधनीलाई दिएको छ ।


क्लिकमान्डु