एक महिनामा ४२ करोड डलरले बढ्यो विदेशी मुद्राको सञ्चिति



काठमाडौं । एक महिनामा विदेशी मुद्राको संचिती ४२ करोड डलरले बढेको छ ।

असोजमा १२ अर्ब ३३ करोड डलर रहेको विदेशी विनिमय संचिती कात्तिकमा १२ अर्ब ७५ करोड डलर रहेको छ ।
कात्तिक मसान्तसम्म देशको अवस्था ११.३ महिनाको वस्तु तथा सेवा आयात धान्न रहेको छ ।

कात्तिक मसान्तमा नेपाली मुद्रामा विदेशी विनियम संचिती १६ खर्ब ९६ अर्ब ७८ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति कात्तिक मसान्तसम्म १४ खर्ब ९० अर्ब ८३ करोड रुपैयाँ रहेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति कात्तिकसम्म २ खर्ब ५ अर्ब ९५ करोड कायम भएको छ । कात्तिक मसान्तसम्म विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.८ प्रतिशत रहेको छ ।


क्लिकमान्डु