युटिएलसहित तीन सेवा प्रदायकको अनुमतिपत्र खारेज



काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले युटिएलसहित तीन सेवा प्रदायकको अनुमतिपत्र खारेज गरेको छ ।


प्राधिकरणले सूचना प्रकाशित गर्दै युनाईटेड टेलिकम लिमिटेड, म्याक्स नेट सोलुसन प्रा.लि र चितवन नेटवर्क प्रालिको अनुमति पत्र खारेज गरेको जानकारी दिएको छ । प्राधिकरणले तीन वटै सेवा प्रदायकको इन्टरनेट (इमेलसहित)को अनुमति पत्र खारेज गरेको हो । यीमध्ये युटिएलले २०६० सालमा अनुमित पत्र लिएको थियो भने अन्य दुईले २०७५ सालमा अनुमति पत्र लिएका थिए ।
प्राधिकरणकाअनुसार तीन वटै कम्पनीहरुले तोकिएको समयावधिभित्र नविकरण गर्नका लागि दस्तुर दाखिला नगरेकाले दुरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा ५ बमोजिम अनुमतिपत्र खारेज गरिएको हो ।
सँगै प्राधिकरणले तीन वटै कम्पनीहरुलाई नियमानुसार तिर्न वा बुझाउन पर्ने रकम तथा दस्तुर र विवरणहरु आगामी ३० दिनभित्र तिर्न तथा बुझाउन समेत ताकेता गरेको छ ।


क्लिकमान्डु