सेयर बजारमा सामान्य सुधार, ३ अर्ब ९० करोडको कारोबार



काठमाडौं । निकै उतार चढाबकाबिच सेयर बजारमा सामान्य सुधार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको छ । बजार मापन गर्ने सूचक २.६० अंकले बढेर परिसूचक १९८८.०४ बिन्दुमा रोकिएको छ ।

२९२ कम्पनीको १ करोड २० लाख ९५ हजार ५३९ कित्ता सेयर ३ अर्ब ९० करोड ९१ लाख ९८ हजार ५७० रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचकमा सुधार आएको छ । बैंकिङ समूहको ४.८७, विकास बैंक ४४.२२, वित्त ६.१३, जलविद्युत ८.९५, उत्पादन तथा प्रशोधन ४२.५३, माइक्रोफाइनान्स २९.१३, अन्य समूहको उपसूचक ४.९९ अंकले बढेको छ । यस्तै होटल ८९.५५, जीवन बीमा १२९.१०, निर्जीबन बीमा १४४.४६ अंकले घटेको छ ।

कारोबारमा बोटलर्स नेपाल तराईको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । मैलुङ हाईड्रोपावर, घलेम्दी हाईड्रोपावर, मानुषी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् भने कुथली बुखरी स्मल हाईड्रोपावर, सुपर माई हाईड्रोपावर, सानिमा जीआईसी इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् ।

कारोबार रकमका आधारमा सोनापुर मिनरल्स एण्ड आयल अग्रस्थानमा रहेको छ । कम्पनीको १४ करोड ६७ लाख ९३ हजार १५६ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा शिमव सिमेन्ट र अरुण काबेली पावर कम्पनी रहेका छन् ।


क्लिकमान्डु