एप्पलका प्रमुख प्रोडक्ट डिजाइनरले दिए राजीनामा



काठमाडौं । विश्व चर्चित प्रविधि सम्बन्धी कम्पनी एप्पलको प्रमुख प्रोडक्ट डिजाइनर ट्यांग ट्यानले राजीनामा दिने घोषणा गरेका छन् ।

अन्तर्राष्ट्रिय समाचार संस्थाहरुकाअनुसार ट्यांग ट्यानले आगामी फेब्रुअरीबाट कम्पनी छाड्ने गरि राजीनामाको घोषणा गरेका हुन् ।

आईफोन र एप्पल वाचका प्रमुख डिजाइनरले कम्पनी छाड्ने घोषणासँगै एप्पलमा नयाँ परिवर्तन हुने देखिएको ब्लुमबर्गले जनाएको छ ।

ट्यानले एप्पलका हालका चर्चित आईफोन, एप्पल वाच र एयरपड्सजस्ता उत्पादनहरुको डिजाइनमा महत्वपूर्ण भूमिका खेलेका थिए ।


क्लिकमान्डु