एनसेलको कर असुल गर्न जिम्मेवार छौं: अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले एनसेलले कर तिर्नुको विकल्प नभएको बताएका छन् ।

बुधबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा महतले एनसेलको कर सम्बन्धि दायित्व असुल गर्न आफूहरु जिम्मेवार रहेको बताए।

‘एनसेलको कर सम्बन्धि जति दायित्व छ, सबै असुल गर्न हामीहरु जिम्मेवार छौं,’ महतले भने, ‘सम्बन्धित निकायले काम गरिरहनु भएको छ ।’कानुन मान्नुपर्छ भन्दा कोही पनि लगानीकर्ता नभड्किने उनले बताए ।

सबै प्रकारका विदेशी लगानीलाई स्वीकार गर्ने भन्दै अर्थमन्त्रीले त्यसका लागि विधि मान्नुपर्ने बताए ।

‘हाम्रो विधि मान्नु पर्छ । विधि मान्दिन भन्न कसैले मिल्दैन्,’ उनले भने, ‘जहाँसम्म कर दायित्वको विषय छ, अर्थमन्त्रालय सबै दायित्व असुल गर्न जिम्मेवार छ ।’

एनसेलको विषयमा अन्तर्राष्ट्रिय लगानी सम्बन्धी विवाद समाधान गर्ने निकाय आईसीएसआईडीबाट पनि नेपालले मुद्दा जितेको भन्दै उनले कानुन मान्नु पर्छ भन्दा कोही पनि लगानीकर्ता नभड्किने उनको भनाइ छ ।


क्लिकमान्डु