सांग्रिला डेभलपमेन्ट बैंकले घट्यो ब्याजदर



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले घटाएको ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले आजदेखि लागू हुनेगरी ब्याजदर घटाएको हो । बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर अधिकतम ९ प्रतिशत दिने जनाएको छ । बैंकले १ वर्ष भन्दा माथिको मुद्दति निक्षेपको ब्याजदर ९ प्रतिशत दिने जनाएको छ । यस्तै दुई वर्षभन्दा बढी अवधिका लागि ९.५५ प्रतिशत ब्याज दिने जनाएको छ ।

३ देखि ६ महिनाभन्दा कम अवधिका लागि मुद्दति निक्षेपको ब्याजदर ८ प्रतिशत रहेको छ । बैंकले मंसिर १ गतेदेखि लागू हुनेगरेर १ वर्षमाथिको मुद्दति निक्षेपको ब्याजदर १०.६० प्रतिशत ब्याज दिएको थियो । १ वर्षभन्दा कम अवधिका लागि मुद्दति निक्षेपको ब्याजदर १०.५० प्रतिशत रहेको थियो ।
बैकले संस्थागत मुद्दति निक्षेपमा ६.५० देखि अधिकतम ७.५५ प्रतिशत ब्याज दिने छ । बैंकले बचतमा भने ४.८० देखि ६.८० प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।


क्लिकमान्डु