गरिमा विकास बैंकको ब्याजदर घट्यो



काठमाडौं । विकास बैंकहरुले पनि धमाधम ब्याजदर घटाउन थालेका छन् ।

बैंकले आज सूचना प्रकाशित गरेर ब्याजदर घटाएको जनाएको छ । बैंकहरुले घटाएको ब्याजदर आजैदेखि लागू हुनेछ ।

बैंकले आज सूचना जारी गर्दै व्यक्तिगत मुद्दति निक्षेपको १ वर्ष भन्दा माथिको मुद्दति निक्षेपका लागि अधिकतम ९‍.४० प्रतिशत दिने जनाएको छ । १ वर्षभन्दा मुनिको मुद्दति निक्षेपको ब्याजदर ९.३० प्रतिशत रहेको ।

यसअघि बैंकले मंसिर १ गतेदेखि लागू हुनेगरेर १ वर्षमाथिको मुद्दति निक्षेपको ब्याजदर ९.७५ प्रतिशत तोकेको थियो । १ वर्षभन्दा मुनिको मुद्दति निक्षेपको ब्याजदर ९.५० प्रतिशत रहेको थियो । संस्थागत तर्फ ७.४० प्रतिशत रहेको छ । बचतमा २.२० देखि ६.४० प्रतिशतसम्म रहेको छ ।


क्लिकमान्डु