गोल्याण ग्रुप अन्तर्गत पियोर इनर्जीबाट उत्पादित १० मेगावाट सौर्य उर्जाको परिक्षण सकियो



काठमाडौं । गोल्याण ग्रुपअन्तर्गत सञ्चालित पियोर इनर्जीले बाँके जिल्लाको खजुरा गाउँपालिका रनियापुरमा रहेको ग्रिडबाट उत्पादन हने १० मेगावाटको सौर्य उर्जाको परिक्षण भएको छ ।

यसको निर्माण सकिएसँगै ब्लक- १ (१० मेगावाट) को परिक्षण सकिएको छ । कम्पनीका अनुसार ब्लक-२ आयोजनाबाट वैशाख १८ गतेदेखि नै व्यापारिक उत्पादन सुरु भइसकेको छ ।

ब्लक-१ आयोजनाको संचालनसँगै निजी लगानीबाट निर्माण तथा संचालन हुने सबैभन्दा ठुलो पावर प्लान्ट बन्ने जनाइएको छ ।


क्लिकमान्डु