फेरि उकालो लाग्यो सेयर बजार, सूचकसँगै कारोबार रकममा उछाल



काठमाडौं । सेयर बजारमा उछाल आएको छ । बजार मापन गर्ने सूचकसँगै कारोबार रकममा समेत उछाल देखिएको छ ।

पछिल्लो समय कारोबार रकममा आएको सुधारका कारण लगानीकर्तामा उत्साहत समेत देखिएको छ । शुक्रबार राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो समीक्षा गर्दै लगानीकर्ताले सेयर धितो राखेर लिने कर्जाको जोखिम भारित ५० लाख भन्दा बढीको १५० प्रतिशतबाट घटाएर १२५ प्रतिशत गरेको छ ।

आइतबार लगातार तीन पटक सकारात्मक सर्किट लागेको थियो । आइतबार बजारमा सर्किट लाग्दा १११ अंकले बढेको थियो । सोमबार लगानीकर्ता प्रोफिट बुक गर्न लाग्दा केही गिरावट देखिएको थियो । तथापी कारोबार रकम भने करिब ५ अर्बको कारोबार भएको थियो ।

मंगलबार बजार मापन गर्ने सूचक ३६.८६ अंकले बढेर परिसूचक १९८५.४४ बिन्दुमा रोकिएको छ । २९७ कम्पनीको १ करोड २४ लाख ६३ हजार १६८ कित्ता सेयर ४ अर्ब ३० करोड ९० लाख १९ हजार १९६ रुपैयाँको सेयर किनबेच भएको छ ।

बजारमा उछाल आउँदा सबै समूहको उपसूचकमा हरियाली छाएको छ । बैंकिङ समूहको उपसूचक २.५८, विकास बैंक ६५.८८, वित्त ५५.३९, होटल २२८.८१, होटल ६९.९०, जीवन बीमा ३३३.३६, माइक्रोफाइनान्स ५३.६२, निर्जीबन बीमा २५६.९६, ट्रेडिङ समूहको ६०.२२, अन्य समूहको उपसूचक ३८.९६ अंकले बढेको छ ।


क्लिकमान्डु