गुराँस लघुवित्तले बनायो सेयरधनीको हात खाली



काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले सेयरधनीको हात खाली बनाएको छ ।

यो पटक कम्पनीले लाभांश नदिने भएको छ । कम्पनीले पुस १८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा लाभांश दिने प्रस्ताव छैन ।

गत आवको नाफा सञ्चिति कोषमा राख्ने निर्णय गरेको जनाएको छ । संस्थाले सभामा अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव रहेको छ ।

सभा प्रयोजनका लागि पुस ४ गते बुक क्लोज गर्ने भएको छ । पुस ३ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।


क्लिकमान्डु