यी हुन् सांग्रिला डेभलपमेन्ट बैंकका ठूला १९ संस्थापक सेयरधनी
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक ठूला सेयरधनीमा १९ व्यक्ति रहेका छन् ।
बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व विश्वास गौचनको ४ लाख ७५ हजार ८१ कित्ता, राजेश नारायण श्रेष्ठको ४ लाख ५९ हजार २९६ कित्ता, उज्वल सत्यालको ३ लाख ७८ हजार ४३५ कित्ता सेयर स्वामित्व रहेको छ ।
बैंकमा शोभा मिश्रको २ लाख ६७ हजार १८० कित्ता, ज्योती श्रेष्ठ गौचनको २ लाख २७ हजार ६८४ कित्ता, अच्युत प्रसाद प्रसाईको २ लाख १८ हजार ७६ कित्ता, रमेश कुमार कान्दुको २ लाख २६ हजार १६० कित्ता, माधव प्रसाद मैनालीको २ लाख २ हजार ८४१ कित्ता, राजेश कुमार श्रेष्ठको २ लाख ६३ हजार ९६६ कित्ता सेयर स्वामित्व रहेको छ ।
यस्तै डा. रविन्द्र प्रसाद श्रेष्ठको २ लाख ८ हजार ७४ कित्ता, राजेन्द्र प्रसाद पौडेलले २ लाख ३२ हजार ८८७ कित्ता, गंगा प्रसाद गुरुङको १ लाख ७१ हजार १० कित्ता, केशव प्रसाद प्रसाईको १ लाख ९३ हजार ८३९ कित्ता सेयर स्वामित्व छ ।
यस्तै सिकन्दर गौचनको ९२ हजार ८६९ कित्ता, श्रीमान खनालको १ लाख ६१ हजार ५४१ कित्ता, बद्री लाखल मल्लको १ लाख ४० हजार ३६९ कित्ता, सकुन्तलाल प्रसाईको १ लाख ३१ हजार १४१ कित्ता, पवित्रालाल चुकेको १ लाख ७८ हजार ९६७ कित्ता र केशव बोहराको १ लाख ७५ हजार २८९ कित्ता सेयर स्वामित्व रहेको छ ।