ग्लोबल आइएमई लघुवित्तको लाभांश घोषणा, नगद मात्रै दिने
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।
आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट लाभांश घोषणा गरेको हो । कम्पनीले सेयरधनीलाई कर सहित १० प्रतिशत नगद लाभांश दिने भएको छ ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।