सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश पारित
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश पारित भएको छ । बैंकको आइतबार सम्पन्न १९औं वार्षिक साधारण सभाले सञ्चालक समितिबाट प्रस्तावित एवं राष्ट्र बैंकबाट स्वीकृत ५.२६३ प्रतिशत लाभांश पारित गरेको हो ।
सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम डेभलपमेन्ट बैंकको चुक्ता पुँजी ३ अर्ब २६ करोड ७५ लाख ९१ हजार ७१६ रुपैयाँको ५ प्रतिशत बोनस सेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्ता पुँजीको ०.२६३ प्रतिशतले हुन आउने ८५ लाख ९८ हजार ९२५ रुपैयाँ नगद लाभांश सभाले पारित गरेको छ ।
सभाले आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पनि पारित गरेको छ । बैंकले मुलुकभर ११२ शाखा कार्यालय र ३० एटीएमबाट सेवा प्रदान गर्दै आएको छ ।