शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले भत्ता बापत खर्च गर्यो करिब ३१ लाख, सञ्चालकले कति बुझे



काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षमा विभिन्न भत्ता बापत ३० लाख ७६ हजार ३८२ रुपैयाँ खर्च गरेको छ ।

बैंकले सञ्चालक समितिको बैठकमा उपस्थित भएवापत अध्यक्षलाई प्रति बैठक भत्ता १० हजार र अन्य सदस्यलाई प्रति बैठक भत्ता ९ हजार रुपैयाँ दिने गरेको जनाएको छ ।

आव २०७९/०८० मा सञ्चालक समितिलाई मात्रै बैठक भत्ता बापत १० लाख २४ हजार, लेखापरीक्षण समितिको बैठक भत्ता १ लाख २६ हजार, जोखिम व्यवस्थापन समितिको बैठक भत्ता ७२ हजार, कर्मचारी सेवा सुबिधा समितिको बैठक भत्ता २७ हजार र सम्पत्ती शुद्धीकरण निवारण समितिको बैठक भत्ता ५४ हजारसहित बैठक भत्ता १३ लाख ३ हजार रुपैयाँ भुक्तानी गरेको बैंकले जनाएको छ ।

यस्तै यातायात, सञ्चालक शिक्षा तथा अन्य खर्च (उप–समिति बैठक खर्च समेत) वापत कुल रकम १७ लाख ७३ हजार ३८२ रुपैयाँ खर्च भएको बैंकले जनाएको छ ।


क्लिकमान्डु