बैंक तथा वित्तीय संस्थाको निक्षेप ६० खर्बनजिक, सीडी रेसियो ८० प्रतिशतमा झर्‍यो



काठमाडौं । बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६० खर्बनजिक पुगेको छ । नेपाल राष्ट्र बैंकको मंसिर २० सम्मको तथ्यांकअनुसार बैंक वित्तीय संस्थाको निक्षेप ५९ खर्ब ८० अर्ब रुपैयाँ पुगेको हो ।

कुल निक्षेपमध्ये वाणिज्य बैंकको निक्षेप ५२ खर्ब ८९ अर्ब रुपैयाँ छ भने अन्य वित्तीय संस्थाको ६ खर्ब ९१ अर्ब छ ।

बैंक वित्तीय संस्थाको कुल कर्जा प्रवाह मंसिर २० सम्ममा ४९ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको छ । कर्जा प्रवाह भने घटेको हो । यसअघि असोज ३० गते कुल कर्जा प्रवाह ५० खर्ब नाघेको थियो ।

कुल कर्जामा वाणिज्य बैंकको कर्जा प्रवाह ४४ खर्ब ७ अर्ब र अन्य वित्तीय संस्थाको ५ खर्ब ७४ अर्ब रुपैयाँ छ ।

बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्दै जाँदा र कर्जा प्रवाहमा उत्साह नआउँदा कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८०.४८ प्रतिशतमा झरेको छ । त्यस्तै अन्तर बैंक ब्याजदर ०.९६ प्रतिशतमा झरेको छ ।

तरलता बढ्दै जाँदा कर्जा तथा निक्षेपको ब्याजदर पनि ओरालो लाग्न थालेको छ ।


क्लिकमान्डु