आइतबारदेखि राष्ट्र बैंकको नियमनको हाकिम गुरु पौडेल



काठमाडौं । आइतबारदेखि नेपाल राष्ट्र बैंकको सबैभन्दा शक्तिशाली मानिने नियमन विभागको प्रमुखको जिम्मा गुरु पौडेलले पाएका छन् ।

गभर्नर महाप्रसाद अधिकारीले केन्द्रिय बैंकको शक्तिशाली विभाग मानिने बैंक तथा वित्तीय संस्था नियमन विभागबाट डा. गुणाकर भट्टलाई हटाएर गुरु पौडेललाई प्रमुख बनाएका हुन् । पौडेलले आजदेखि नियमन विभाग सम्हालेका छन् ।

भट्टलाई यसअघि पौडेल प्रमुख रहेको भुक्तानी प्रणाली विभागमा भट्टको सरुवा भएको छ । भट्ट लामो समयदेखि शक्तिशाली मानिने नियमन, सुपरिभिजन र रिसर्च विभागमा थिए ।


क्लिकमान्डु