व्यवसाय गर्न नेपालमा जस्तो अवसर अन्यत्र छैनः अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवासाय गर्नका लागि नेपालमा जस्तो अवसर अन्य देशमा नभएको बताएका छन् ।
काठमाडौंमा अयोाजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले लगानीकर्ताको हिसाबमाव्यवसायका लागि नेपाल जस्तो सम्भावनाको ठाउँ अन्यत्र नरहेको बताएका हुन् ।
उनले कोभिड १९, रुस-युक्रेन युद्धका कारण व्यवसायलाई केही असहजता भएपनि भविष्यका लागि नेपालमा लगानी गर्न महत्वपूर्ण हुने बताए ।
नीतिगत कारण र नियमनकारी निकायको समन्वय नहुँदा समस्या भएको उननले बताए ।
‘हामी धेरै विकसित देशमा गएका छौँ,नेपालमा जस्तो अपर्च्युनिटी अन्त छ जस्तो लाग्दैन । जुन हिसावको यहाँ अपच्र्युनिटी छ । अमेरिकामा यहाँ भन्दा एकदमै बेटर भएको भए इन्भेष्टरको हिसाबले तपाई त्यहीँ नै लगानी गर्नुहुन्थ्यो होला । मातृभूमि भएर मात्रै लगानी गर्ने भन्नेकुरा आदर्शको कुरा मात्रै हो,’ उनले भने, ‘ यहाँ यति सम्भावना छ की, कोभिडको क्राइसिसको कारणले नेपालमा मात्रै नभइ धेरै ठाउँमा असजिलो भएको छ । रसिया युक्रेनको युद्धका कारण केही समस्या छ, कतिपय कुराहरु हाम्रो नीतिगत कारणबाट पनि र कतिपय कुराहरु कोर्डिनेसन हुनुपर्ने नीतिगत नियमनकारी निकायको समन्वय नहुँदा अवश्य मर्का परेको छ । नियमनकारी निकायको समन्वय भयो भने यो किसिमको सञ्चालन गरेको व्यवसाय राम्रो हुन्छ । नेपालमा साच्चै अवसर छ । निजी क्षेत्रको तर्फबाट प्रधानमन्त्री, अर्थमन्त्रीसँग बसेर हामीले बलियो आवाज उठाउँदै आएका छौँ ।’
अध्यक्ष ढकालले नेपालमा पर्यटन, कृषि, आइटी र जलविद्युतको क्षेत्रमा ठूलो अवसर रहेको बताए ।