मितेरी डेभलपमेन्ट बैंकले १० प्रतिशत लाभांश दिने, बुक क्लोज कहिले ?



काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले १८औं बार्षिक साधारण सभा बोलाएको छ ।

बैंकले जेठ १४ गतेका लागि सभा बोलाएको हो । सभा प्रयोजनका लागि मंसिर २८ गतेखि पुस १४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । मंसिर २७ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनुका साथै सभामा भाग लिन पाउनेछन् ।

बैंकले गत आवको नाफाबाट ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश दिने भएको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु