नेपालमा दर्ताका लागि टिकटकले पठायो पत्र, होला त दर्ता ?



काठमाडौं । भिडियो प्लेटफर्म टिकटकले नेपालमा दर्ताका लागि इमेलमार्फत पत्राचार गरेको छ । सरकारले प्रतिबन्ध लगाएपछि टिकटकले दर्ताका लागि औपचारिक पत्र पठाएको हो ।

सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता नेत्रप्रसाद सुवेदीले नेपालमा दर्ता हुन चाहने आशयसहितको पत्र टिकटकले पठाएको जानकारी दिए ।

‘टिकटकले पठाएको इमेलबाट नेपालमा दर्ता हुन चाहेको स्पष्ट हुन्छ ‍’ उनले भने, ‘तर अहिले प्रतिबन्ध लागेको अवस्थामा प्रकृया अघि बढ्दैन ।’

सरकारले सामाजिक सञ्जालको प्रयोगलाई नियमन गर्ने निर्देशिका-२०८० जारी गर्ने प्रकृया अघि बढेपछि टिकटकले पत्र पठाएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार टिकटकलाई बन्द गर्न खोजेको नभइ नियमन गर्न खोजिएको बताएका थिए ।

टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । उक्त रिटमाथि आज सुनुवाइका लागि पेसी तोकिएको भए पनि हेर्न नभ्याइनेमा परेको छ ।


क्लिकमान्डु