नेपाल बैंक र एक्जिम बैंक इन्डियाबीच सम्झौता
काठमाडौं । नेपाल बैंक लिमिटेडले भारतको एक्जिम बैंकसँग वित्तीय व्यापार क्षमता अभिवृद्धि गर्ने सम्झौता भएको छ ।
नेपाल बैंक भारतसँगको आयात कारोबारमा सहयोग गर्ने एक्जिम बैंकको साझेदार हुने पहिलो सरकारी बैंक पनि हो ।
नेपाल बैंकको वित्तीय व्यवस्थापन, सुशासन, जोखिम र अनुपालन र दुई देशबीचको चलिरहेको व्यापार कारोबारका विषयमा दुवै बैंकका वरिष्ठ व्यवस्थापनसँगको व्यापक छलफलपछि हस्ताक्षर भएको हो ।
दुई संस्थाहरू बीच नोभेम्बर ५ मा भएको हस्ताक्षर कार्यक्रममा बैंककी कायम मुकायम प्रमुख कार्यकारी अधिकृत समता पन्तले
भनिन् ‘एक्जिम बैंकसँग व्यापारिक सम्झौता गर्न पाउँदा खुसी छौं र आगामि दिनमा सम्भावित व्यापारिक क्षेत्रको अध्ययन र पहिचान गरि बैंकसँगको सहकार्यमा ग्राहकको व्यापारिक गतिविधिहरूलाई टेवा पुग्ने गरि कार्य गर्ने योजनामा छौं ।’