ट्रेजरी बिलको ब्याजदर घट्यो, १८२ दिनको ब्याज ३ प्रतिशतमुनि



काठमाडौं । सोमबार ट्रेजरी बिलको ब्याज फेरि घटेको छ । बैंक वित्तीय संस्थासँग लगानीयोग्य पुँजी पर्याप्त भएपछि राष्ट्र बैंकमा १ प्रतिशतभन्दा कम ब्याजदरमा निक्षेप राखिरहँदा ट्रेजरी बिलको ब्याजदरमा पनि गिरावट आएको हो ।

मंसिर १२ गते १८२ दिनको ट्रेजरी बिल ३.४९ प्रतिशतदेखि ४.१९ प्रतिशत ब्याजदरमा बिक्री गर्दै आन्तरिक ऋण उठाएको सरकारले सोमबार १८२ दिनको ट्रेजरी बिल २.९५ प्रतिशतदेखि ३.६२ प्रतिशत ब्याजदरमा बिक्री गरेको छ ।

मंसिर १२ गते १८२ दिनको ट्रेजरी बिलमा औसतमा ३.८७ प्रतिशत ब्याज दिएको सरकारले सोमबार ३.२९ प्रतिशत ब्याजमै ट्रेजरी बिल बिक्री गर्दै आन्तरिक ऋण उठाएको छ ।

सोमबार ९१ दिनको ट्रेजरी बिल पनि औसतमा २.६२ प्रतिशत ब्याजदरमा बिक्री गर्दै सरकारले आन्तरिक ऋण उठाएको छ । यसअघि मंसिर ५ गते ९१ दिनको ट्रेजरी बिल औसतमा ३.९१ प्रतिशत ब्याजदरमा बिक्री गरिएको थियो ।


क्लिकमान्डु