कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा



काठमाडौं । कुमारी बैंकका संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेका सेयर बिक्री गर्न लागेका छन् ।

बैंकका संस्थापक सेयरधनी झापा-९ अर्जुनधाराका नगेन्द्र प्रसाद बिमलीले आफ्नो स्वामित्वमा रहेको २२ हजार कित्ता सेयर बिक्री गर्न लागेका हुन् ।

उक्त सेयरमा खरिद गर्ने पहिलो हक हाल बैंकमा रहेका संस्थापक सेयरधनीको हुनेछ ।

३५ दिन भित्र उक्त सेयर बैंकका विद्यमान सेयरधनीले नकिनेको खण्डमा सर्वसाधारण तथा संस्थाले आवेदन दिन पाउनेछन् ।


क्लिकमान्डु