राष्ट्र बैंकले ७ अर्बको विकास ऋणपत्र बिक्री गर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले ७ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ ।

केन्द्रीय बैंकले विकास ऋणपत्र २०८८ ‘च’ नामक ऋणपत्र ८ वर्षका लागि बिक्री गर्न लागेको हो । यसमो ब्याजदर बोलकबोल विधि मार्फत निर्धारण हुनेछ । यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर—बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् ।

यो धितो राखी कर्जां लिन वा दिन सकिने छ । यो ऋणपत्र मंगलबार २ बजे बोलकबोल हुनेछ । ऋणपत्र खरिद गर्न चाहनेले अनलाइफर्मात बोलकबोल पेश गर्न सक्नेछन् । २० गते निष्काशन हुने ऋणपत्र २०८८ मंसिर २० गते परिपक्व हुनेछ । यसको ब्याज अर्धबार्षिक रुपमा हुनेछ । ब्याजमा कर लाग्ने छ ।

यो प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् ५ अर्ब ९५ करोड र १० अर्ब ५ करोड रुपैयाँ छुट्याइएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने छ ।

अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँड गरिने छ । घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा हुनुपर्ने छ ।


क्लिकमान्डु