यी हुन् आरएसडिसी लघुवित्तका ग्लोबल आइएमई बैंक सहित ७ ठूला लगानीकर्ता



काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाका ठूला सेयरधनीमा सात व्यक्ति तथा कम्पनी रहेका छन् ।

जसमा २ कम्पनी रहेका छन् भने बाँकी व्यक्ति रहेका छन् । कम्पनीमा सबैभन्दा बढी सेयर स्वामित्व ग्रामिण स्वाबलम्बन विकास केन्द्रको १२.१४ प्रतिशत सेयर स्वामित्व रहेको छ भने ग्लोबल आइएमई बैंकको १२ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै सुमित कुमार अग्रवालको ११.७० प्रतिशत, बिरेन्द्र कुमार शाहको ०.८७ प्रतिशत, बाल कृष्ण पौडेलको ०.६० प्रतिशत, बिपिन अर्यालको ०.५५ प्रतिशत र अनन्त कुमार पौडेलेको ०.७३ प्रतिशत सेयर स्वामित्व रहेको छ ।


क्लिकमान्डु