नबिल बैंकको लाभांश पाउन कहिलेसम्म सेयरधनी बन्ने ?



काठमाडौं । सेयरधनीलाई ११ प्रतिशत नगद लाभांश घोषणा गरेको नबिल बैंकले बुक क्लोजको मिति तय गरेको छ ।

पुस १२ गतेका लागि बार्षिक साधारणसभा बोलाएको बैंकले मंसिर २९ गते बुक क्लोज गर्ने भएको छ ।

मंसिर २८ गतेसम्म कायम रहेका सेयरधनीले बैंकले तोकेको लाभांश पाउने छन् भने आगामी साधारणसभामा भाग लिन पाउनेछन् । सभाले पारित गरेपछि सेयरधनीले बैंकले तोकेको लाभांश पाउनेछन् ।


क्लिकमान्डु