आरएसडिसी लघुवित्तका सञ्चालकलाई सवा ४१ लाख भत्ता, सीईओको तलब साढे ३० लाख
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा संस्थाका सञ्चालकलाई ४१ लाख २७ हजार ११५ रुपैयाँ भत्ता दिएको छ ।
संस्थाले सञ्चालकलाई ४१ लाख २७ हजार ११५ रुपैयाँ भत्ता दिँदा प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई भने ३० लाख ६९ हजार २०० रुपैयाँ तलब भत्ता दिएकोे छ ।
आर्थिक वर्ष २०७९/८० मा समिति बैठक भत्ता वापत जम्मा ५ लाख ९१ हजार ५०० रुपैयाँ र अन्य खर्च वापत ३५ लाख ३५ हजार ६१५ रुपैयाँ समेत गरी ४१ लाख २७ हजार ११५ रुपैयाँ खर्च गरेको जनाएको छ ।
संस्थाले समितिको बैठकमा सहभागी भएबापत प्रति बैठक अध्यक्षलाई ५ हजार ५०० रुपैयाँ र अन्य सदस्यलाई ५ हजारका दरले बैठक भत्ता दिने गरेको छ । यस्तै दैनिक भ्रमण भत्ता ५ हजार रुपैयाँ दिने गरेको छ । यस्तै मासिक रुपमा पत्रपत्रिका र संचार वापत प्रति सदस्य १ हजार ५०० रुपैयाँ र बैठकमा उपस्थित हुँदा लाग्ने बिल बमोजिमको यातायात खर्च दिने गरेको छ ।
आव २०७९/८० मा प्रमुख कार्यकारी अधिकृतलाई पारिश्रमिक, भत्ता तथा अन्य सुविधा वापत ३० लाख ६९ हजार २०० रुपैयाँ भुक्तानी गरेको छ । बोनस ऐन बमोजिम हुन आउने बोनस रकम समेत भुक्तान गरिएको जनाएको छ ।
आव २०७९/८० मा नायब प्रमुख कार्यकारी अधिकृत तथा अन्य तीन जना प्रबन्धक तहका कर्मचारीहरूलाई पारिश्रमिक, भत्ता तथा अन्य सुविधाहरू वापत ५२ लाख ५५ हजार ३८२ रुपैयाँ भुक्तानी गरेको जनाएको छ । संस्थाले गत आवको नाफाबाट सेयरधनीलाई ८.६ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश दिएको छ ।