मुद्दती निक्षेपमा ३ अर्ब ३ करोड रुपैयाँ लगानी गर्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको पैसा मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।

केन्द्रीय बैंकले एक वर्षका लागि उक्त कोषमा रहेको ३ अर्ब ३ करोड रुपैयाँ कोषमा राख्न लागेको हो ।

पुस १ गतेबाट २०८१ पुस १ गतेसम्मका लागि मुद्दति निक्षेपमा पैसा राख्न लागेको बैंकले आजदेखि मंसिर १९ गते बेलुका ७ बजेसम्म मुद्दती निक्षेप लिन चाहने बैंकहरुलाई ब्याजदरु प्रस्ताव गर्न भनेको छ ।

बैंकले वाणिज्य बैंकमा २ अर्ब ४२ करोड ४० लाख रुपैयाँ, राष्ट्रिय स्तरका विकास बैंकमा ४५ करोड ४५ लाख रुपैयाँ र राष्ट्रिय स्तरका वित्त कम्पनीमा १५ करोड १५ लाख रुपैयाँ निक्षेपमा राख्ने भएको छ ।


क्लिकमान्डु