१ अर्ब ३६ करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रकम मुद्दती निक्षेपमा राख्ने भएको छ ।

केन्द्रीय बैंकले एक वर्षका लागि आफ्नो कोषमा रहेको १ अर्ब ३६ करोड ८० लाख रुपैयाँ कोषमा राख्न लागेको हो । पुस १ गतेबाट २०८१ पुस १ गतेसम्मका लागि मुद्दति निक्षेपमा पैसा राख्न लागेको बैंकले मंसिर १९ गते बेलुका ७ बजेसम्म बैंकहरुलाई ब्याजदरु प्रस्ताव गर्न भनिएको छ ।

बैंकले वाणिज्य बैंकमा १ अर्ब ९ करोड ४४ लाख रुपैयाँ, राष्ट्रिय स्तरका विकास बैंकमा २० करोड ५२ लाख रुपैयाँ र राष्ट्रिय स्तरका वित्त कम्पनीमा ६ करोड ८४ लाख रुपैयाँ निक्षेपमा राख्ने भएको छ ।


क्लिकमान्डु