निर्धन उत्थान लघुवित्तले सार्वजनिक गर्‍यो कर्जा नतिर्ने १११ को नाम



काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले ऋण नतिर्ने १११ जना ऋणीको नाम सार्वजनिक गरेको छ । लिएको ऋण समयमा नै नतिर्ने १११ जना ऋणीको नाम सार्वजनिक गरेको हो ।

धितो सुरक्षण राखी सामूहिक जमानीमा कर्जा लिएका ऋणीले ऋण कर्जाको साँवा व्याज लगायत अन्य रकमसमेत संस्थालाई नतिरेको भन्दै ऋण तिर्न ३५ दिनको समय दिएको छ ।

समय–समयमा तिर्नु बुझाउनु पर्ने रकम नतिरी नबुझाई ऋण कर्जा सम्बन्धी सर्त बन्देज उल्लङघन गरेको संस्थाले जनाएको छ । पटक– पटक मौखिक तथा लिखित रूपमा ताकेता गर्दा समेत ऋणको कर्जा चुक्ता भुक्तान गर्न कुनै चासो नदेखाएको संस्थाले जनाएको छ । ३५ दिनभित्र लिएको कर्जाको सम्पूर्ण सावा व्याज र अन्य दस्तुर चुक्ता भुक्तान गर्न अनुरोध गरेको छ ।

३५ दिन भित्र नतिरेको खण्डमा प्रचलित ऐन, कानून तथा संस्थासँग गरेको लिखत बमोजिम ऋणी तथा जमानीकर्तालाई समेत कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम राख्ने जनाएको छ । यस्तै धितोमा रहेका वा नरहेको चलअचल सम्पत्ति लिलाम बिक्री गरी वा अन्य कुनै व्यवस्था गरी लघुवित्त वित्तीय संस्थाको आफ्नो लेना रकम असुल उपर गर्ने जनाएको छ ।


क्लिकमान्डु